Logo

खुकुरी प्रहारबाट तीन घाइते



नुवाकोट, १६ असोज : ककनी गाउँपालिका– २ ठूलीतित्रीमा खुकुरी प्रहारबाट तीन युवक घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

दशँै पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा स्थानीयवासी ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान तामाङ घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

घाइतेको टाउको, अनुहार, आँखा, हातलगायतका स्थानमा गहिरो चोट लागेको छ । घटनामा संलग्नको पहिचान भइसकेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्