Logo

मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुन्छ : प्रधानमन्त्री देउवा



नवलपरासी, १६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउनुभएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्ने बताएका छन् ।

रुपन्देहीको मझगाँवामा काँग्रेस रुपन्देहीद्वारा सोमबार आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे ।

उनले अब काँग्रेसको नेतृत्वमा मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुने उल्लेख गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे ।

नेता पौडेलले अब देशको विकास, गाउँको विकास र जनताको विकासमा काँग्रेस लाग्ने बताए ।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब काँग्रेसको काँधमा आएको जिकिर गरे ।
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहलगायतले बोलेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्