Logo

हृदयश त्रिपाठीले सुर्य चिन्ह लिएर चुनाव लड्ने, यस्तो छ एमालेसँगको सहमति



असोज १६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेता एमालको चुनाव चिन्ह सुर्य लिएर चुनाव लड्ने भएका छन् । राजपा पार्टीबाट विद्रोह गर्दै शीर्ष नेता त्रिपाठीसहित बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्ला एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनाव लड्न लागेका हुन् ।

हाल ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका उनीहरु एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका हुन् ।

नेकपा एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको हो । सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल तथा समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति : 

 

 

 

 

 

दुई पक्षबीच सोमबार सहमति भएको हो । दुईबुँदे सहमतिअनुसार समूहका नेताहरु सोही परिचयका साथ चुनावमा सहभागी हुनेछन् तर चिन्ह भने सूर्य प्रयोग गर्नेछन् ।

‘तराई मधेशसमेतका बासिन्दालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो,’ विज्ञप्तिको दोस्रो बुँदामा उल्लेख छ, ‘हामीहरु संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जान, तराई मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखी र समृद्ध जीवनका लागि सहकार्य गर्न सहमत भएका छौं ।’

६ वटा मधेशकेन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सहअध्यक्ष त्रिपाठी असन्तुष्ट रहँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्