Logo

काठमाण्डौ क्षेत्र नम्बर ४ : एमालेका राजन भट्टराई र कांग्रेसका गगन थापा आमनेसामने हुने सम्भावना



१६ असोज, काठमाडौं । काठमाण्डौ जिल्लाको क्षेत्र नम्बर ४ मा एमालेले राजन भट्टराईलाई टिकट दिने भएको छ । नेपाली कांग्रेसकातर्फबाट चर्चित युवा नेता गगन थापाको क्षेत्रमा एमालेले भट्टराईलाई अघि सारेको हो । दोस्रो संविधानसभाको चुनावमा त्यस क्षेत्रबाट गगन थापाले अत्याधिक मत ल्याउर जित हासिले गरेका थिए । यद्यपी आगामी चुनावमा क्षेत्र नम्बर ४ मा कांग्रेसले कसलाई टिकट दिने भन्ने टुङ्गो लगाएको छैन ।

एमालेको प्रतिनिधि सभा काठमाडौं ४ नम्बर क्षेत्रीय समन्वय कमिटीले केन्द्रीय सदस्य राजन भट्टराईलाई उक्त क्षेत्रको सांसद उम्मेदवार सिफारिस गरेको हो ।
भट्टराई हाल नेपालभारत प्रबुद्ध समूहका सदस्य तथा एमालेका समानुपातिक सांसद छन् ।
लन्डन विश्वबिद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीबाट अन्तर्रा्ष्ट्रिय राजनीति तथा कूटनीतिक अभ्यासमा स्नातकोत्तर उत्तीर्ण भट्टराईले नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्रा्ष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

भट्टराइले यसअघि एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार भट्टराई अन्तर्रा्ष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्