Logo

एमाले र माओवादीबीच चुनावी तालमेल, ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन हुँदै



काठमाडौं, १७ असोज । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।

सहमतिको औपचारिक घोषणाका लागि ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन हुँदैछ । पत्रकार सम्मेलनमै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मंगलबार ललितपुरमा भएको वार्ताले चुनावी तालमेलसँगै पार्टी एकताको सहमतिले अन्तिम रुप दिएको छ ।



प्रतिक्रिया दिनुहोस्