Logo

माओवादी केन्द्रः प्रदेशसभाका उम्मेदवार टुंगो



गुलरिया, बर्दिया, १७ असोज : नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ५ मा पर्ने पश्चिम बर्दियामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार टुंगो लगाएको छ ।

सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदारमा विष्णु चौधरी, तिलक शर्मा, सन्तकुमार चौधरी र सुरेश पन्तलाई सिफारिस गरिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो ।

बैठकले प्रदेशसभामा क्षेत्र नं ४ बाट दीपेश थारुलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेशसभाका लागि क्षेत्र नं १ मा भने भुवन चौधरी र प्रमोद चौधरीको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेशसभाका लागि क्षेत्र नं २ मा पतिराम थारु र कोलराज पुरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभाका लागि क्षेत्र नं ३ मा लक्ष्मीप्रसाद शर्मा, चित्रप्रसाद खनाल र चक्र चौधरीको नाम सिफारिस गरिएको छ ।

जिल्ला समितिले सिफारिस गरेका नामबाट उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने बताइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्