Logo

यस्ता छन कांग्रेसका आजका निर्णयहरु



काठमाडौं, १८ असोज । प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक आज बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

कांग्रेसले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै भावी रणनीति बनाउन आज बैठक बोलाएको थियो । बालुवाटारमा बसेको बैठकले लोकतान्त्रिक शक्ति र प्रगतिशिल शक्तिसँग चुनावी तालमेल गर्ने निश्कर्ष निकालेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उसले सत्तारुढ दलले विपक्षीसँग गरेको तालमेललाई चुनौतिका रुपमा लिँदै त्यसलाई अवसरका रुपमा बदल्ने निर्णय गरेको कांग्रेस नेताहरुको आजको निश्कर्ष रहेको छ ।

यसैबीच लोकतान्त्रिक गठबन्धन निर्माणका लागि कांग्रेसले बालुवाटारमै राजपालगायतका दलहरुसँग अहिले छलफल गरिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्