Logo

माओवादीका मधेश केन्द्रित नेताहरुमा तीब्र असन्तुष्टी, प्रचण्डलाई सोधे, “संविधान संशोधनको मुद्दा अब के हुन्छ ?”



१९ असोज, काठमाण्डौ । नेकपा एमालेसँग वाम एकताको नाममा नयाँ यात्रा सुरु गरेको नेकपा माओवादी केन्द्रभित्र तिब्र असन्ुतष्टी बढ्दै गएको छ । विशेषगरी माओवादीको मधेश केन्द्रित नेताहरुले पार्टीको कदमप्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् ।

प्रभावशाली नेता प्रभु शाह र मातृका यादवले एमालेसँगको तालमेलले अबको चुनावमा तराई मधेशमा माओवादीलाई ठूलो घाटा पुग्ने भन्दै अध्यक्ष प्रचण्डलाई सचेत गराएका छन् । झापादेखि कञ्चनपुरसम्मको क्षेत्रमा माओवादीले क्षति बेहोर्नुपर्ने शाह र यादवको तर्क छ । त्यस्तै अन्य नेताहरु रामेश्वर राय यादव, अजयशंकर नायक र रामचन्द्र झा लगायतका नेताहरुले पनि एमालेसँगको तालमेलले पार्टीलाई घाटा हुने विश्लेषण गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका नेता प्रभु शाहले संविधान संशोधनको विषयका बारेमा पनि चासो राखेका छन् । संविधान संशोधनको विपक्षमा रहेको एमालेसँग संशोधन पक्षमा रहेको माओवादी मिल्न जाँदा अब संशोधनको मुद्दा के हुने भन्नेबारे शाहले प्रश्न गरेका थिए ।

त्यस्तै सुर्य चिन्हमा चुनाव लड्ने भए पार्टी छाड्नेसम्मको चेतावनी शाहले दिएका छन् । यस विषयमा भने प्रचण्डले हसिया हथौडामा नै चुनाव लड्ने आश्वासन दिएको बताइएको छ ।
वाम एकताको प्रक्रिया सुरु भएसँग अधिकांश नेता कार्यकर्ता उत्साहित भए पनि माओवादीभित्र भने असन्तुष्टी बढ्दै गएको हो । माओवादीको विभिन्न संगठन र सहुहहरु पनि भित्रभित्रै छलफलमा जुटेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्