१९ असोज, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका नेता रकम चेमजोङले नेपाली कांग्रेसको नेतृत्वमा मिलेर जानु स्वभाविक भएको बताएका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चेमजोङले प्रजातान्त्रिक शक्तिहरुको गठबन्धन गरेर चुनावमा जाउँ भन्ने कांग्रेसको प्रस्तावमा समझदारी भएको बताए ।
यद्यपी प्राविधिक पक्ष र राजनीतिक पक्ष मिलाउन बाँकी रहेको उनको भनाई छ । बाँकी विषय सहज तरिकाले मिलाउनका लागि कार्यदल बनाउन लागिएको उनले बताए ।
गठबन्धनको दीर्घकालिन रोडम्याप बनाउन जरुरी भएको र त्यसैका लागि कार्यदल आवश्यक भएको उनको भनाई छ । चुनावी तालमेल अन्तरगत सिट संख्या बाँडफाटसम्मका विषयलाई कार्यदलले छलफल गरेर सहमति जुटाउने काम गर्ने बताए । अहिले तत्काल सरकारमा सहभागि हुने विषयमा पनि कार्यदलमा नै छलफल हुने चेमजोङले बताए ।
एक दुई दिनभित्रमा नै सबै विषयको टुङ्गो लगाउनुपर्नेमा नेता चेमजोङले जोड दिएका छन् ।