Logo

सन् २०३० को विश्वकप आयोजना गर्न अर्जेन्टिनाको दावी



काठमाडौं, १९ असोज । सन् २०३० मा हुने विश्वकप फुटबल आयोजनाको लागि लेटिन अमेरिकी मुलुक अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त दावेदारी दिएका छन् ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अयोाजित एक कार्यक्रममा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको लागि संयुक्त दावी गरेका हुन् ।

सन् २०३० मा विश्वकप फुटबल सुरु भएको एक शताब्दी पुग्दैछ । १९३० मा पहिलो विश्वकप आयोजना गरिएको उरुग्वेलाई समावेश गरी २०३० को विश्वकप आयोजनाको संयुक्त प्रयास थालिएको हो ।

तर उक्त प्रतियोगिता आयोजनाको निर्णय गर्न भने अझै धेरै समय बाँकी छ । यसअघि २०२६ का हुने विश्वकप फुटबलको अयोजक राष्ट्रसमेत हालसम्म तोकिएको छैन ।

उक्त विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्तरुपमा दावेदारी दिएका छन् । यी बाहेक २०२६ को विश्वकप आयोजनाको लागि मोरक्को मात्रै प्रतिस्पर्धामा रहेको छ

२०२६ देखि विश्वकप फुटवलमा ३२ राष्ट्रको स्थानमा ४८ राष्ट्र राष्ट्रले भाग लिंदैछन् । विश्वकै सबैभन्दा चर्चित र लोकप्रिय प्रतियोगिता विश्वकप फुटबलको आगामी संस्करण अर्को वर्ष रुसमा हुँदैछ । सन् २०२२ को विश्वकप भने खाडी मुलुक कतारले आयोजना गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्