Logo

झापा क्षेत्र नं ५ बाट ओली सिफारिस



झापा, १९ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा ९एमाले० झापाले उम्मेदवार सिफारिस शुरु गरेको छ । झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिनुभयो ।

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद एलपी साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपीशर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्