Logo

पार्टीभित्रको एकता बलियो बनाउनुपर्छ : सुजाता



काठमाडौँ, १९ असोज : नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गठबन्धनले मुलुकलाई फाइदा नपुग्ने बताउनुभएको छ ।

वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको काँग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

मण्डिखाटारस्थित निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भन्नुभयो, “काँग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनुहुँदैन बरु दुवैलाई डो¥याएर हिँड्नुपर्छ ।”

उहाँले काँग्रेस बृहत् पार्टी भएकाले कम्युनिस्टहरु मिलेर के गर्छन् भन्ने चिन्ताभन्दा पनि काँग्रेसले कसरी मुलुकलाई एकता र सहमतिका साथ अघि बढाउने भन्नेतर्फ ध्यान दिन जरुरी छ भन्नुभयो ।

नेत्री कोइरालाले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध समदूरीमा राख्नुपर्ने बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्