Logo

प्रधानमन्त्रीले अब माओवादीका मन्त्रीहरुलाई हटाउनुपर्छ : चौधरी



काठमाडौं, १९ असोज । नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यदि प्रचण्डले आज आएर एमालेको नेतृत्वमा जानुपर्ने नै थियो भने दशवर्षे जनयूद्ध किन लडेरु अनाहक १७ हजार मानिसको किन ज्यान लिएरु के साँच्चै उनीहरुको रगतले प्रचण्डलाई भलो हुने देलारु’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले महासचिव चौधरीले अघि थपे,‘आगो र पानीजस्तै बनेका दलहरु आज आएर रातारात मिल्नु सामान्य कुरा छैन्, यो अपवित्र कार्य हो, यसमा जनताले खुब ध्यान दिनुपर्छ, वाम एकताको बिरुद्धमा लोकतान्त्रिक एकताको खाँचो छ।’

 



प्रतिक्रिया दिनुहोस्