Logo

लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक बस्दै, आजै महत्वपूर्ण निर्णय गरिने



१९ असोज, काठमाण्डौ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका लागि बनाइएको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठकले गठबन्धनमा आवद्ध दलहरुबिचको चुनावी तालमेलबारे महत्वपुर्ण निर्णय हुने बताइएको छ ।

६ दलीय गठबन्धनको बैठकले आगामी मंसिर १० गते हुने प्रदेशसभा र केन्द्रिय संसदको चुनावमा कसरी तालमेल गर्ने भन्ने बारेमा मापदण्ड बनाउने छ । गठबन्धनमा आवद्ध दलहरुबिचमा तालमेलको भागबण्डादेखि चुनावी घोषणा पत्र कस्तो बनाउने भन्ने सम्मको विषयमा छलफल भइरहेको वालुवाटार स्रोतले जनाएको छ ।
चुनावको मिति धेरै टाढा नभएकाले जतिसक्दो चाँडो सबै विषयको टुङ्गो लगाउनुपर्ने भएकाले लोकतान्त्रिक गठबन्धनले आजै केही निर्णय गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्