Logo

माओवादी केन्द्रको केन्द्रिय राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु



किराँतीद्धारा कार्यक्रम बहिष्कार काठमाडौं, असोज २१ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रिय राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

पार्टी एकता, आगामी निर्वाचनको तयारी तथा अन्य सांगठनिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजलाई पोलिटव्यूरोको बैठक समेत बोलाएको हो । आजको बैठकमा एमाले र नयाँ शक्तिसँग भएको पार्टी एकताबारेमा छलफल हुने एक नेताले बताए ।

बैठक राजधानीको प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा सुरु भएको छ । आजको बैठक भने असन्तुष्ट नेता सचिवालय सदस्य गोपाल किराँतीले बहिष्कार गरेका छन् ।

उनले पार्टीले एमालेसँग तालमेल गर्ने र पार्टी एकतासम्म गर्ने सम्मको निर्णय लिएकोले उक्त निर्णय आत्मसर्मपणवादी भएको आरोप लगाउँदै आएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्