Logo

राखेपका पूर्व कोषाध्यक्ष महर्जन प्रदेश सभाका लागि सिफारिस



काठमाडौं, २१ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलाई ललितपुर कांग्रेसले प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ।

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले महर्जनलाई ललितपुर क्षेत्रनम्बर १ को प्रदेश ‘क’ बाट प्रत्यक्ष उम्मेदवारका रुपमा केन्द्रमा सिफारिस गरेको हो। महर्जन कांग्रेसको १३ औं महाधिवेशनमा ललितपुरबाटै महासमिति सदस्यमा निर्वाचित हुँदै केन्द्रीय सदस्यमा निर्वाचन लडेका थिए।

ललितपुर कांग्रेसले महर्जनसँगै क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा मधुराप्रसाद घिमिरे र ऋषिराम घिमिरेको नाम सिफारिस गरेको छ। ललितपुरको क्षेत्र नम्बर १ बाटमा प्रतिनिधि सभाका लागि उदयशमशेर राणा र खोमप्रसाद घिमिरे सिफारिस भएका छन्



प्रतिक्रिया दिनुहोस्