Logo

अदालतको निर्णयलगत्तै गोपाल खड्काले यस्तो प्रतिक्रिया दिए, राम्रो काम गर्ने व्यक्तिलाई न्यायालयले न्याय दिन्छ



२२ असोज, काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्किने बाटो खुला गरिदिएको छ । सर्वोच्चले मन्त्रिपरिषदले असोज २ गते खड्कालाई पदबाट बर्खास्त गर्ने विषयमा गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।
उनलाई सर्वोच्चका न्यायाधीशहरु पुरुषोत्तम भण्डारीको इजासले आइतबार अन्तरिम आदेश जारी गर्दै काममा फर्किन आदेश दिएको हो ।

अदालतको निर्णयलगत्तै खड्काले रिपोर्टस नेपाल डटमसँग भने, सर्वोच्च अदालतको निर्णयमको म उच्च सम्मान गर्छु र यो स्वागतयोग्यले म जस्तो काम गर्ने व्यक्तिलाई अदालतले न्याय दिन्छ भन्ने प्रमाणित गरेको छ ।
काम गर्न चाहने मान्छेलाई प्रोत्साहन दिने र मनोब बढाउने गर्छ । त्यसैले हाम्रो देशमा कानुनी राज्यप्रति जनताको अघाध सम्मान छ । यो निर्णयपछि मलाई जनु अन्यान भएको थियो, त्यसमा न्याय मिलेको छ । देश र जनताको पक्षमा काम गर्दै जानुपर्छ । न्यायालयले जहिले पनि न्याय दिन्छ । खड्काले भने ।

खड्काको मुद्दामा वरिष्ठ अधिवक्ता सूर्य ढुंगेल, रामकृष्ण निराला, बाबुराम गिरी, नरेन्द्र गौतमले बहस गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्