Logo

एन्फाको विशेष साधारणसभा आज हुँदै



काठमाडौं, २३ असोज । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा आज(मंगलबार) हुँदैछ ।एसियाली फुटबल महासंघ एएफसीको निर्देशनअनुसार विधान संसोधनका लागि यो विशेष साधारणसभा डाकिएको हो ।

तर साधारणसभा ए डिभिजन क्लव थ्रिस्टारलाई क्षतीपुर्ती दिने विषयमा बढी केन्द्रित हुने देखिएको छ । एन्फाको गल्तीको कारण थ्रिस्टार क्लवले गत वर्ष एएफसी कप दोस्रो चरण खेल्न नपाएपछि थ्रिस्टार क्लव आन्दोलनमा उत्रेको थियो ।

उसैलाई मनाएर अवरुद्ध ए डिभिजन लिग सुचालु गर्न राष्ट्रिय खेलकुद परिषद राखेपको समन्वयमा गत साता मात्रै थ्रिस्टार क्लवलाई डेढ करोड क्षतिपूर्ति दिने सहमति गरिएको थियो ।

तर यो सहमती कार्यान्यवनका लागि विशोष साधारणसभाले अनुमोदन गर्नुपर्नेछ ।

आज हुने विशेष साधारणसभाले यो विषय टुंग्याउनुका साथै नेतृत्व चयनका लागि हुने अर्को साधारणसभाको मिति समेत तय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्