Logo

बानेश्वरमा गोली चल्दा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन घाइते



२३ असोज, काठमाण्डौ । काठमाडौँको नयाँ बानेश्वरमा गोली चलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन घाइते भएका छन् । शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको हो ।

मोटरसाइकलमा आएका दुई जनाले  मोटरसाइकल रोकी दुई देखि तीन सय मिटर पैदल हिँडी गोली चलाएका थिए ।

उनीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । दुवै गोली उनको पेटमा लागेको छ । उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको छ ।

उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्