Logo

कांग्रेसले हाम्रो बारेमा गलत प्रचार गर्यो, एमालेसँग गठबन्धनमात्रै होईन एकता नै हुन्छ : खनाल



काठमाडौं, २३ असोज । नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवले सरकारमा रहेकै बेला एमालेसँग चुनावी तालमेल नगरेको बरु पार्टी एकता र बृहत्त वामपन्थी एकताको लागि गृहकार्य गरेको स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेसले माओवादीलाई ईमान्दारिताको हिसावमा नैतिकविहिन भनेर गलत प्रचार गरेकोमा आपत्ति प्रकट गरे ।

उनले भने,‘काँग्रेस र सभापति समेत प्रधानमन्त्रीले माओवादी केन्द्रलाई अनेक प्रकारले सम्बोधन गर्नुभएको छ, हामी ईमान्दार राजनीतिक गरेका छौँ, सरकारलाई दिएको समर्थन जारी रहन्छ, मुलक र जनताको भलाईको लागि वाम एकता गर्न खोजेका हौ, गृहकार्य तिव्र रुपमा अघि बढ्दैछ।’

उनले अघि थपे,‘काँग्रेससँगको तालमेल केवल चुनावको लागि मात्रै थियो, एमालेसँग गरिने गठबन्धन पार्टी एकताको लागि हो, यो आज अचानक आएको कुरा पनि होईन, लामो समयको लगानीमा वाम एकताको सुत्रपात भएको हो।’

 



प्रतिक्रिया दिनुहोस्