Logo

निर्माण व्यवसायी भन्छन्, “सरकार बोल्ने मात्र होइन, हत्यारा पत्ता लगाएर देखाओस्”



२४ असोज, काठमाण्डौ । निर्माण व्यवसायी जयबहादुर लामिछानेले सरकार पुग्न नसकेको ठाउँमा पुगेर विकास निर्माणका काम गर्न सक्ने निर्माण व्यवसायी राजधानीको मुटुमा नै असुरक्षित हुनुले काम गर्ने वातावारण नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै व्यवसायी लामिछानेले निर्माण व्यवसायी मात्र नभै निजी क्षेत्रका सबै पक्ष असुरक्षित भएको उनको तर्क छ ।

सोमबार बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शदरकुमार गौचनको दिउँसै गोली हानी हत्या गरिएपछि व्यवसायीले यस्तो तर्क गरेका हुन् । सरकारले व्यवसायीको सुरक्षा गर्न सक्छ सक्दैन भन्ने प्रश्न मुख्य रुपमा अगाडि सारेका छन् । यस सम्बन्धमा अहिलेसम्म सरकारले चित्तबुझ्दो जवाफ दिन नसकेको लामिछानेले बताए ।

अहिलेसम्म सरकारले हत्याराको पहिचान गर्न नसकेको लामिछानेले बताए । गृहमन्त्री जनार्दन शर्मा र प्रहरी प्रमुख प्रकाश अर्याललाई भेटेर घटनाका विषयमा छलफल भइसकेको जानकारी दिदै लामिछानेले सरकारको तर्फबाट उहाँहरुले हत्यारालाई पक्राउ गरी कारबाही गर्ने प्रतिवद्धता जनाएको बताए ।
“नेपाली प्रहरी सक्षम छ । तपाईहरु नआत्तिनुस् ।” गृहमन्त्रीलाई उदृत गर्दै लामिछानेले भने ।

“उहाँहरुले मुखले त यो कुरा गर्नुभयो । तर कामले देखाएर नेपाल एउटा सुरक्षित स्थान हो भन्ने प्रत्याभूति दिनु सरकारकै काम हो ।” लामिछानेको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्