Logo

आईसल्याण्ड विश्वकपका लागि छनोट



काठमाडौं, २४ असोज । आईसल्याण्ड र सर्विया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।

सोमबार राती भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २-० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको छ ।

समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया र टर्कीलाई हराएको थियो । यो समुहमा दोस्रो भएको क्रोएसिया प्ले अफ्का लागि छनोट भएको छ ।

उता समुह डि बाट सर्विया सोझै विश्वकपमा छानिंदा नर्दन आयरल्याण्डले प्ले अफ्मा ठाउँ बनाएको छ । राती सर्वियाले जर्जियामाथि १-० को साँघुरो जित निकाल्दा रिपब्लीक अफ आयरल्याण्डले वेल्सलाई १-० ले हरायो । हारसँगै वेल्सको भने विश्वकप खेल्ने संभावना टुंगिएको छ ।

विश्वकप छनौट अन्तर्गत सोमबार राती भएका अरु खेलमा स्पेनले ईजराईललाई १-० ले हराउँदा ईटालीले अल्बानियामाथि १-० कै जित निकालेको छ ।

यो समुहबाट स्पेन सोझै विश्वकपमा छानिंदा ईटालीले प्ले अफ् खेल्नुपर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्