Logo

एमालेले अध्यक्ष ओलीलाई चुनावी कमाण्डर तोक्यो



काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कमाण्ड गर्नेगरी निर्वाचन परिचालन गर्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलवार बसेको स्थायी समिति बैठकले पार्टीका सबैजसो शीर्ष नेता प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बन्ने निर्णयमा पुगेको छ ।

निर्वाचन परिचालनको कमाण्ड सम्हाल्ने नेतालाई प्रत्यक्ष चुनावमा उम्मेदवार नबनाउने विषयमा छलफल भएपनि सबै शीर्ष नेता प्रत्यक्षतर्फकै उम्मेदवार बन्ने र पार्टी अध्यक्ष ओलीले निर्वाचन परिचालनको कमाण्ड गर्ने निर्णय भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

आजको बैठकले ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन समेत गरेको छ ।

तस्विर :मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्