Logo

मंगलबारको शेयरबजार स्थिर, नौ समुहमध्ये ६ वटा समुहको परिसुचक ओरालो



असोज २४, काठमाण्डौ । सोमबार ८ अंकभन्दा बढिले घटेको नेपाल स्टक एक्सचेन्जमा मंगलबार सामान्य अंकले वृद्धि भएको छ । शेयरबजार बन्द हुँदासम्म मंगलबार शुन्य दशमलब सात चार अंकले बढेको हो । नेप्से परिसुचक एक हजार पाँच सय दुई दशमलब छ तीन अंकमा पुगेको छ ।

मंगलबार कारोबार भएका नौ समुहमध्ये ६ वटा समुहको परिसुचक ओरालो लागेको छ भने तीनवटा समहु सामान्य अंकले बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको परिसुचक एघार दशमलब छ चार अंकले घटेको छ ।

समूहगत परिसूचकमध्ये वाणिज्य बैंकको परिसुचक शुन्य दशमलब तीन, व्यापार समुहको तीन दशमलब तीन आठ, होटल समुहको छ दशमलब दुई एक, जलविद्युत समुहको चार दशमलब चार एक, र बिमा समुहको आठ दशमलब नौ नौ अंकले घटेको छ ।

त्यस्तै विकास बैँकको शुन्य दशमलब आठ पाँच, फाइनान्स समुहको चार दशमलब पाँच एक र अन्य समुहको परिसुचक आठ दशमलब छ सात अंकले बढेको छ । मंगलबारको कारोबारमा १ सय ५५ कम्पनीका ६ लाख ७४ हजार ७ सय ८७ कित्ता शेयर ३ हजार ५ सय ५१ कारोबारबाट ३० करोड ७० लाख ६८ हजार ३ सय १९ रुपैंयाँमा खरीदविक्री भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलब दुईदुई अंकले घटेर तीन सय १५ दशमलब छ पाँच अंकमा पुगेको छ ।।



प्रतिक्रिया दिनुहोस्