Logo

काठमाडौं १० बाट यूवा नेता बानियाँ सिफारिस



काठमाडौं, २४ असोज । काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ चन्द्रागिरी नगरपालिकाबाट प्रदेशसभाका लागि यूवानेता राजेन्द्र विक्रम बानियाँ छानिएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १० ले राजेन्द्र विक्रम बानियाँ, योगेन्द्र कुमार कुवँर, सुर्यनारायण मानन्धर, हिराबहादुर प्रधान, धर्मनन्द श्रेष्ठ, धर्म केसी लगायत ९ जनालाई प्रदेश सभाको लागि योग्य ठहर्दै सिफारिस गरेको काँग्रेस क्षेत्र नम्बर १० का क्षेत्रिय एक प्रतिनिधिले जानकारी दिएका छन् ।

राजेन्द्र विक्रम बानियाँ विगत २०४६ देखि काँग्रेसको क्रियाशिल रहेर पार्टीको विभिन्न जिम्मेवार निकायमा रहेको काम गरिसकेका छन् ।

काँग्रेसको तर्फबाट नेता बानियाँले यातायात क्षेत्रका विभिन्न राष्ट्रिय–अन्तराष्ट्रिय स्तरका संघ संस्थाका जिम्मेवारी पदमा रहेका काम गरेको अनुभव छ । सरल स्वभावका बानियाँ स्पष्ट र निडर यूवा नेताको रुपमा परिचित छन् ।



प्रतिक्रिया दिनुहोस्