Logo

ईक्वेडरलाई हराउँदै अर्जेन्टिना विश्वकपका लागि छनोट, मेस्सीको ह्याट्रिक



काठमाडौं, २५ असोज। ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । खेलको पहिलो मिनेटमै ईक्वेडरका रोमारियो ईबाराले गोल गरे पनि अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई विश्वकपमा पुर्‍याएका हुन् ।

बुधबार बिहानका खेलपछि ल्याटिन अमेरिकी समूहबाट सिधै विश्वकपमा छानिने सबै ४ टोलीको टुंगो लागेको छ । यो समूहमा ब्राजिल शीर्ष स्थानमा रहँदा उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलम्बिया चौथो स्थानमा रहँदै रुस विश्वकपमा स्थान बनाउन सफल भए ।

पाँचौ स्थानमा रहेको पेरुले प्ले अफ चरणमा ठाउँ बनाएको छ । पेरुले अब ओसियाना समुहको विजेता टोली न्युजिल्याण्डसँग विश्वकप छनोटका लागि अन्तिम प्ले अफ खेल्नेछ ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्