Logo

हत्या गरिएका शरदकुमार गौचनको आज अन्तिम संस्कार गरिने



२६ असोज, काठमाण्डौ । हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासघंका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली दिनका लागि आज महासंघ सचिवालय अनामनगर राखिने भएको छ ।

महासंघका महासचिव रामशरण देउवाले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म महासंघ सचिवालय अनामनगरमा राखिने छ । मध्यान्ह १२ बजे पछि अनामनगरबाट शवयात्रा गर्दै पार्थिव शरिर दाह संस्कारको लागि पशुपति आर्यघाट लगिने छ । पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिती रहने महासचिव देउजाले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्