Logo

एनआरएनए अध्यक्ष जमुना गुरुङको उम्मेद्धवारी घोषणा



काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् ।
गुरुङले अध्यक्षमा उम्मेदवारी दिने अन्तिम समयमा तय गरेकी हुन् ।

एनआरएनए अध्यक्षमा यसअघि नै वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङको उम्मेदवारी घोषणाले भट्टलाई सर्वसम्मत बनाउने तयारीमा धक्का लागेको छ ।



प्रतिक्रिया दिनुहोस्