Logo

हामीले बिना शर्त सरकारलाई समर्थन गरेका हौं : कमल थापा



प्रकाश खनाल : बुटवल, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी बिना सर्त सरकारलाई समर्थन गरेको बताएका छन् ।

सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दलसँग मिलेर बाम गठबन्धन बनाउन गएपछी सरकार अल्पमतमा पर्नगै निर्वाचन समेत प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर राप्रपाले बिनासर्त सरकारलाई समर्थन गरेको प्रस्ट्याए ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा बुधबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले राजनीतिक ध्रुविकरणका कारण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नबिथोलियोस् भन्ने उदेश्यले बिगतका तिक्ततताहरुलाई बिर्सिएर राप्रपा लोकतान्त्रिक गठबन्धनमा सहभागि भएको बताए ।

संबिधान कार्यान्वयनको क्रममा हुन लागेको संघ र प्रदेशको निर्वाचनको ऐतिहासिक राजनीतिक महत्व रहेको भन्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्व र जिम्मृवारी पुरा गर्न आफुहरुले सरकारलाई समर्थन गरेको स्पष्ट पारे ।

राप्रपा सरकारमा सहभागि हुने बारे अहिले सम्म कुनै छलफल नभएको बताउदै उनले प्रधानमन्त्रि सेरबहादुर देउवाले सरकारमा सहभागि हुन आह्वान गरेपनि त्यसबारे अहिले सम्म पार्टीमा छलफल नभएको उल्लेख गरे ।

नेकपा एमाले र एनेकपा माओवादी केन्द्रबिच भएको बाम तालमेल र पार्टी एकता अभियान कम्युनिष्ट चरित्रको साम्यवादी व्यवस्था स्थापना गर्ने उदेश्यले गरिएको चर्चा चले पनि अहिलेको अवस्थामा साम्यवादी शासन व्यवस्था लागु गर्न सम्भव नभएको दाबी गरे ।

कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा सहभागि गराएर नेपाली कांग्रेसले चुनावको मिति सार्ने प्रयास गरेको त होइन भनि पत्रकारहरुको जिज्ञासामा थापाले बर्तमान सरकार चुनाव सार्ने सोचमा नरहेको बताए ।

उनले प्रधानमन्त्रि देउवा र नेपाली कांग्रेसका अन्य सिर्श नेताहरुसँग भएका छलफलहरुमा आगामि मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको आफुले पाएको जानकारी दिए ।

बर्तमान संबिधानप्रति राप्रपाको आलोचनात्मक समर्थन रहेको दोहो¥याउदै पुर्व उप प्रधानमन्त्रि समेत रहेका थापाले यही संबिधानमाथि टेकेर आफ्ना एजेण्डालाई जनता सामु लैजाने बताए ।

धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र नेपाल पुनस्र्थापनाका लागि राप्रपाले राखेको संबिधान संसोधनको प्रस्ताव अहिले सम्म संसदमा छलफल नगराइएकोमा दुःख व्यक्त गर्दै थापाले हिन्दु राष्ट्र पुनस्र्थापना कि धर्म निरपेक्षता भन्ने बिषयमा जनमत संग्रह गर्नुपर्ने आफुहरुको अडान कायमै रहेको उल्लेख गरे ।

उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसँगै एक मतपत्र थप गरेर सो बिषयमा जनताको मत लिन सकिने सुझाव समेत दिए ।

९४ प्रतिसत जनता हिन्दु राष्टको पक्षमा रहेको दाबी गर्दै थापाले धर्म निरपेक्षता कि हिन्दु राष्ट्र भन्ने निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्ने कुरामा जोड दिए ।
क्लवका जिल्ला अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रमको सहजिकरण पत्रकार कृष्ण खनालले गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्