Logo

ऋषि धमलालाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै उपेन्द्रले भने,‘रेड कार्पेट तयार छ’



काठमाडौं, २६ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमललाई आफ्नो पार्टीमा भित्र्याउन आँतुर रहेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पार्टी एकता गर्न आयोजित विशेष कार्यक्रममा पत्रकार धमलालाई देख्नेवित्तिकै अध्यक्ष यादवले आफ्नो पार्टीमा आउनको लागि विशेष आग्रह गरेका थिए । रोचक त के भने अध्यक्ष यादवले पत्रकार धमलालाई आफ्नो पार्टीको तर्फबाट सांसद बनाउने आफ्नो ईच्छा रहेको समेत सुनाए ।

यादवले भने,‘धेरै अघिदेखिको हाम्रो चाहना हो, तपाई हाम्रो पार्टीमा आउनुहोस्, म त बास्तवमै तपाईलाई सांसद भएको हेर्न चाहन्छु, शुभ कार्यमा ढिलाई नगर्नुहोस्।’

अध्यक्ष यादवले यसअघि पनि आफूले धेरै पटक धमलालाई पार्टीमा आउनको लागि आग्रह गरेको उल्लेख गर्दै यस पटक आएपनि ‘रेड कार्पेट’ विच्छ्याउन तयारी अवस्थामा रहेको स्पष्ट पारे । उनले भने,‘ऋषिजी बास्तवमा यो देशको सबैभन्दा लोकप्रिय पत्रकार हो, उहाँ विना पत्रकारिता नै अधुरो वा अपूरो लाग्छ।’



प्रतिक्रिया दिनुहोस्