Logo

मन्त्रिपरिषद बैठक सम्पन्न, गौचनलाई सहिद घोषणा



काठमाडौं, २७ असोज । अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सरकारले सहिद घोषाणा गरेको छ ।

शुक्रबार विहान सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले गौचनलाई सहिद घोषणा गरेको हो ।

त्यस्तै बैठकले निजगढ दु्रत मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन अध्ययन गरि मूल्य सिफारिस गर्ने जिम्मा आयोजना कार्यान्वयन गर्न गठित निर्देशक समितिलाई दिएको छ। इनफास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आई एल ए एफ एस)ले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन अध्ययन गरि मुल्य सिफारिस गर्ने जिम्मा आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिलाई दिएको हो ।

बैठकले आई एल ए एफ एसले तयार पारेको पारेको विस्तृत योजना प्रतिवेदन अध्ययन गरी सो कम्पनीसंग आवश्यक वार्ता गरि प्रतिवेदनको उपयोगिताको आधारमा मुल्य सिफारिस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्