Logo

तिहारको मुखमा काठमाडौंमा ठूलो मात्रामा पट्का बरामद (फोटोफिचर)



काठमाडौँ, २७ असोज। महानगरीय प्रहरी वृत्त कमलपोखरीले विक्रीका लागि गोदाममा राखिएको पटका सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौको हाँडिगाउँस्थित भारतीय नागरिक राजकिशोर यादवले संचालन गरेको किराना पसलको गोदाममा ६ वटा बोरा र २ वटा कार्टुनमा प्याकिङ्ग गरी राखिएका बिभिन्न प्रकारका पटकाहरुसहित यादवलाई नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले घटनाबारे थप अनुसन्धान जारी छ ।

तस्विर : मुकुन्द कालिकोेटे



प्रतिक्रिया दिनुहोस्