Logo

सीमा नाकामा सुरक्षा व्यवस्था मजबुत



रसुवा, २८ असोज : नेपाल चीन उत्तरी नाका रसुवागढी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ । प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढ्दै गएकोले आवश्यक सुरक्षा जनशक्ति बजबुत पारिएको प्रहरी प्रमुख शरतकुमार थापाले जानकारी दिनुभयो ।

दैनिक ट्रक कन्टेनर गुड्ने, सडकको अवस्था साँघुरो भए पनि ट्राफिक व्यवस्थापनलाई समेत क्रमशः समाधान गर्दै लगिएको बताइएको छ ।

सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीको अलावा सशस्त्र प्रहरीसमेत तैनाथ रहेको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्