Logo

नेपाल रिपब्लिकन पार्टीद्धारा वाम गठबन्धनलाई समर्थन



काठमाडौं, २८ असोज । नेपाल रिपब्लिकन पार्टीले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी अध्यक्ष छत्र भट्टले एक विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीले वाम गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार वाम गठबन्धनको गठनसँगै मुलुकमा स्थायित्व, शान्ति र आर्थिक समृद्धिको ढोका खुलेकोले आगामी दिनमा मुलुकलाई अझै विकासको बाटोमा डोरयाउन टेवा पुग्ने भएकोले आफ्नो पार्टीले समेत उक्त मोर्चामा रहेर मुलुकको विकासमा योगदान पुर्याउने निर्णय गरेको हो ।

भट्टले अघि भनेका छन्,‘हाम्रो पार्टीको केन्द्रिय कमिटिको बैठकले वाम गठबन्धनलाई नै सहयोग र समर्थन गर्ने निर्णय गरेको छ, अब हामी एक भएर मुलुकको विकासमा अघि बढ्छौं।’ वाम गठबन्धनलाई सहयोग गर्नुपुर्व उनले नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टसँग पनि आन्तरिक छलफल गरेका थिए ।

नेता भट्टसँगको छलफलपछि पनि आफ्नो पार्टीले उक्त वाम गठबन्धनलाई निर्णय गरेको उनले जानकारी दिए । मुलुकमा ६÷६ महिनामा सरकार परिवर्तन भैरहँदा आर्थिक विकासमा असर परेकोले वाम गठबन्धनले अबको निर्वाचनमा ऐतिहाँसिक बहुमत ल्याउने विश्वास आफूहरुले लिएकोले समर्थन गरेको समेत छत्र भट्टले स्पष्ट पारे ।

उक्त पार्टीले पनि आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै क्षेत्रमा उम्मेद्धवार उठाउने तयारी गरिसकेको समेत उनले जानकारी दिए ।

उनले भने,‘हामीले पनि निर्वाचनमा आफ्ना उम्मेद्धवार उठाउँदैछौं, यसको लागि हामीले उम्मेद्धवारहरुको नामावाली फाईनल गरिसकेका छौं।’ अध्यक्ष भट्ट आँफैपनि प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । उनी सुदुर पश्चिमबाट चुनाव लड्ने तयारीमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्