Logo

रियल मेड्रिड जित्दा बार्सिलोना बराबरीमा रोकियो, अंकतालिकामा मेड्रिड दोस्रो स्थानमा



२९ असोज, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो ।

 

गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले ३९ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा मोलिनाले बराबरी गोल फर्काए ।

तर, ८५ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि रियल मड्रिडले २–१ गोल अन्तरले विजयी भएको छ ।

यो जित सबै प्रतियोगितामा लगातार चौथो जित हो  ।

सुपर कपमा बार्सिलोनामाथि ३–१ ले जित हात पारेको खेलमा रेफ्रीलाई धकेलेका कारण रोनाल्डाले ५ खेलको प्रतिबन्ध खेपे । रोनाल्डोको अनुपस्थितिमा च्याम्पियन्स लिग र ला लिगाको साबिकको विजेताले ला लिगामा ४ अंक गुमायो ।

प्रतिबन्धपछि रोनाल्डोको पहिलो खेलमा नै रियल बेटिससँग अप्रत्यासित हार व्यहोर्‍यो  ।

शनिबारको जितसँगै रियल मड्रिड १७ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर बार्सिलोनाभन्दा अझै ५ अंकले पछाडि छ ।

अर्को खेलमा लिग लिडर बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग १–१ को बराबरी खेलेको छ ।

लुइस स्वरेजको गोलसँगै बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेर ला लिगामा अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् ।

 

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले २१ औं मिनेटमा निगुरेजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा यो अग्रता कायमै रह्यो ।

तर, ८२ औं मिनेटमा बार्सिलोनाका स्वरेजले बराबरी गोल फर्काए । त्यसअघि सकेण्ड हाफको सुरुमा नै लिओनल मेस्सीको फ्रिकिक पोष्टमा लागेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्