Logo

सँगै सुत्न नदिएको भन्दै श्रीमानले हाले श्रीमतीविरुद्ध मुद्धा, ६ वर्ष जेल सजायँ हुन सक्ने



२९ असोज । एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । मुद्दा हाल्नुको कारण थियो, आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको ।

श्रीमानले लगाएको यो अभियोग प्रमाणित भयो भने ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने छ । यो घटना युरोपेली मुलुक इटालीको हो । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्धा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको फिरादपत्रमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुइ वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफु निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफुले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरेपनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ । उनको अर्को आरोप झनै गम्भीर छ । आफु श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ ।
यो अनौठो लाग्ने मुद्धाको पेशी आगामी अक्टोबर १२ मा तोकिएको छ र वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजायँ हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्