Logo

एमालेसँग चुनावी तालमेलको प्रयासमा चित्रबहादुर केसी, पार्टी एकता भने नगर्ने



३० असोज, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनमा समावेश हुने सम्भावना अझै बाँकी रहेको बताएका छन् । आगामी निर्वाचनका लागि समाुपातिक तर्फको उम्मेदवारको बन्दसुचि पेश भइसके पनि एकताको सम्भावना रहेको बताए ।

“हाम्रो तालमेलको नीति छदैँछ । पार्टी एकता चाँही गर्दैनौँ ।” केसीले भने ।
नीति, व्यवहार, भेषभुसा, खानपान सबै मिल्नेसँग मात्रै पार्टी एकता हुन सक्ने भन्दै केसीले नेकपा एमालेसँग सबै कुरा नमिल्ने बताए ।
नेपाली कांग्रेससँग चाँही चुनावी तालमेल पनि नगर्ने केसीले स्पष्ट पारे ।

साना दलहरु ठूला दलसँग मिसिएर ठूलो हुनु र सुन्निएर मोटाउनु एउटै भएको तर्क गर्दै केसीले नीति, सिद्धान्त र आचरण ठूलो कुरा भएको बताए । सत्ताको स्वाद चाख्नका लागि मात्रै ठूलो भिडमा मिसिनु गलत भएको केसीले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै केसीले प्रत्यक्षतर्फ चुनाव लड्ने आफ्नो रहर पूरा गरिसकेको भन्दै समानुपातिकको सुचिमा बसेको जानकारी दिए ।

नेताहरुले राजनीतिको नाममा व्यापार गरेकाले देश खरानी भएको केसीको तर्क छ । राष्ट्र र जनताको सेवाका लागि राजनीति गर्नुपर्ने केसीको भनाई छ ।
मुलुकलाई संघीयताले ध्वस्त बनाउने कुरा केसीले दोहो¥याए । संघीयताको नकारात्मक नतिजा अझै देख्न बाँकी रहेको केसीको तर्क छ । अहिलेको संघियतालाई आर्थिक रुपमा धान्न नसकिने केसीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्