Logo

पार्टी एकताप्रति असन्तुष्ट नेपाल लोकतान्त्रिक फोरमका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्दै



काठमाडौं, ३० असोज । नेपाली कांग्रेससँगको पार्टी एकताप्रति असन्तुष्ट बनेका नेपाल लोकतान्त्रिक फोरमका प्रभावशाली नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् ।

असन्तुष्ट नेता एवम् भुमिसुधार मन्त्री गोपाल दहितको नेतृत्वमा नेताहरु शिवलाल थापा, यशोदा लामा लगायत माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा जुटेका छन् । हुन थापाको नेतृत्वमा छुट्टै पार्टी गठन गरेर जानेबारेमा समेत अहिले छलफल चलिरहेको बुझिएको छ ।

दश वर्षअघि नेपाली काँग्रेस छोडेर तराई आधारित राजनीतिमा लागेका विजयकुमार गच्छदार आज (सोमबार) पुरानै घर फर्किएका छन्। पार्टी एकीकरण गर्दै गच्छदार काँग्रेस प्रवेश गरेका हुन्। उनको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता एवं पर्यटनमन्त्री जितेन्द्र देव पनि काँग्रेस प्रवेश गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए। पौडेल र गच्छदार एउटै सोफामा बसेका थिए।

मुलुकको राजनीति अधिनायकवादतर्फ उन्मुख रहेकाले लोकतान्त्रिक जगलाई सुदृढ पार्न पार्टी एकीकरण गर्नुपरेको काँग्रेस सभापति देउवा एवं फोरमका गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्