Logo

बाबुराम र कांग्रेस शीर्ष नेताहरुवीच सहमति बन्यो, गोरखा २ मा भट्टराईलाई सहयोग गर्ने



काठमाडौँ, ३० असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको नयाँ बाम गठबन्धनसँग कुरा नमिलेपछि नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्नेगरि बाबुरामले छलफल अघि बढाएका हुन् ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चुनावी तालमेलबारे सहमति भएको एक नेताले जानकारी दिए । हुन त आज बालुवाटारमा काँग्रेसको संसदीय बोर्डको बैठक चलिरहँदा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई बालुवाटार पुगेका थिए ।

गोरखाको क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने ईच्छा व्यक्त गरेका डा. भट्टराईलाई बाम गठबन्धनले त्यहाँ चुनाव लड्न नदिने भएपछि उनी रुष्ट बनेका थिए । तर भट्टराईलाई अब उक्त क्षेत्रमा कांग्रेसले सहयोग गर्ने स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्