ललितपुर, ३० असोज । ललितपुर महानगरपालिका १६ स्थित ताल्छीखेलमा विश्वज्योति बहुउद्देश्यीय सहकारी संस्था संचालनमा आएको छ ।
विभिन्न क्षेत्रमा सक्रिय युवाहरू मिलेर संचालनमा ल्याएको सहकारीको कुल अधिकृत पूँजी ३२ लाख रहेको छ । आधुनिक प्रविधि जडान गरी वित्तीय सेवालाई प्रभावकारी बनाइएको सहकारीका अध्यक्ष दीपेन्द्र केसीले बताए ।
सहकारीले विभिन्न प्रकारशका बचन खाताहरू संचालनमा ल्याएको छ । जसमध्ये साधारण बचन खाताको ब्याजदर ८ प्रतिशत, सुनौलो भविष्य बचन खाता ९ प्रतिशत, जेष्ठ नागरिक बचन खाता ९.५ प्रतिशत, दिदी बहिनी बचत खाता १० प्रतिशत, विशेष बचत खाता ९ प्रतिशत रहेका छन् ।
आवधिक बचन खाता समेत संचालनमा ल्याएको छ । भविष्यमा भरपर्दो मनी ट्रान्सफर सेवाहरू समेत शुरू गर्ने लक्ष्य लिएको छ ।