Logo

इयूबाट बहिर्गमन बेलायतका लागि प्रतिकुल : क्लिन्टन



लण्डन, असोज २९ : अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको यूरोपियन यूनियन(इयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताउनुभएको छ ।

उहाँले बहिर्गमन (बे्रक्जिट)ले विभिन्न उद्योग कम्पिनीलाई आफ्ना साधनस्रोतलाई यूरोपतर्फ लग्न बाध्य तुल्याउने बीबीसी टेलिभिजनको आइतबारको प्रशारणका लागि दिएको अन्तवार्तामा बताउनुभएको हो ।

बेलायतले इयू छोड्दा यसले आफ्नो व्यापारिक सम्बन्धलाई पुनः व्यवस्थित गर्नुपर्छ जसका कारण संयुक्त अधिराज्यको आर्थिक पक्षमा गम्भीर अवरोध आउनसक्ने क्लिन्टनको भनाई थियो ।

“मलाई लाग्छ यो बेलायतका लागि धेरै ठूलो वेफाइदा हुन्छ,” डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनमा पराजित भएकी नेतृ क्लिन्टनले भन्नुभयो ।

“सम्झौता हुन्न भन्नुको अर्थ व्यापारिक सम्झौतालाई महत्व नदिइनु हो अर्थात् बेलायती उत्पादनलाई इयूको सदस्य रहँदाको अवस्थामा झैँ यूरोपेली बजारमा सहज पहँुच नदिइनु हो,” उहाँले बताउनुभयो ।

अमेरिकी पूर्व विदेशमन्त्रीको समेत अनुभव सम्हालेकी क्लिन्टनले थप्नुभयो, बेलायती व्यापारिक क्षेत्रमा हुने अवरोध गम्भीर हुनसक्छ ।

बेलायतको इयूबाट बहिर्गमनको प्रक्रियाका लागि छलफल चलाइरहेको छ । लण्डनले सन् २०१९ को मार्चसम्म प्रक्रियालाई टुङ्गोमा पु¥याउने तर व्यापारिक सम्झौता भने नहुनपनि सक्ने बताएका बेला अमेरिकी पूर्वविदेश मन्त्रीको यो भनाइ आएको हो ।  (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्