Logo

साताको तेस्रो दिन शेयरबजारालाई रातो झण्डा, माओवादीले सरकार छाड्ने हल्लाले नेप्से घट्यो



३१ असोज, काठमाण्डौ । साताको पहिलो दिन वाट उकालो लाग्न थालेको सेयर बजारले साताको दोस्रो दिन पनि निरन्तरता पाउदै छलाङग मारेको थियो तर साताको तेस्रो दिन बुधवार नेप्से परिसुचक लाई रातो झण्डाले स्वागत गरेको छ । साताको कारोवार हुने तेस्रो दिन मंगलवार बजार ५ दशमलव ७२ बिन्दुले ओरालो लागेको हो ।

एक हजार ५ सय ६४ दशमलव ९४ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ५ सय ५९ दशमलव १८ बिन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १ दशमलव ०७ बिन्दुले परिवर्तन भई ३ सय २८ दशमलव तीन चार विन्दूमा बन्द भएको छ । मंगलबार टे«डिङ, जलविद्युत र अन्य समुह बाहेकका सबै समूहको परिसूचक मात्र उरालो लागेको थियो ।

लगातार घट्दै आएको बजार पछिल्लो दुई दिनमा भने उकालोको यात्रा तय गर्दा लगानीकर्तालाई केही राहत प्रदान गरेको थियो । कुल १ सय ६२ कम्पनीको १४ लाख १३ हजार ४ सय ४६ कित्ता सेयर ६१ करोड २० लाख ९२ हजार ४ सय ५१ रुपैयाँ मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ ५ दशमलम छ दुई, होटल १२ दशमलव नौ छ, फाइनान्स १ दशमलव नौ दुई, बिमा ४१ दशमलव एक सात, विकास बैंक ९ दशमलव शुन्य एक, उत्पादन १६ दशमलव सात छ अंकले घटेको छ । त्यस्तै टे«डिङ २ दशमलव छ दुई, जलविद्युत ७ दशमलव सात आठ र अन्य समुह शुन्य दशमलव दुई नौ अंकले उकालो लागेको छ ।

मंगलवार सबैभन्दा बढि कमाउनेमा वेष्ट फाइनान्स कम्पनी रहेको छ । त्यस्तै चिलिमे हाइड्रो पावर, सिभिल लघुवित्तिय संस्था लिमिटेड र सिन्धु विकास बैंक पनि कमाउने सूचिमा परेका छन । नेप्सेलाई मंगलबार माओबादी सरकार बाट बाहिरीने समाचारले समेत असर गरेको छ । मंगलबारको शेयरकारोबारलाई राजनीतिक गतिविधिले केही प्रभाव पारेको अनुमान गरिएको छ ।

प्रमुख सत्ता साझेदार नेकपा माओवादीले सरकार छाड्ने हल्ला मंगलबार विहानैदेखि चलेको थियो । मुलुकको राजनीतीक घटनाक्रमले नेपाली शेयर बजारमा प्रत्यक्ष असर पर्ने गरेको छ । दशैँ लगत्तै बनेको वाम गठबन्धनले शेयर बजारमा नकारात्मक असर पारेको थियो । यस साताको शुरुवातमा वाम गठबन्धनको असर न्युन हु्ँदै गएको थियो ।



प्रतिक्रिया दिनुहोस्