Logo

च्याम्पियन्स लिग फुटबल, लिभरपुलद्धारा कीर्तिमानी जित दर्ता



काठमाडौं, १ कात्तिक । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई ७–० ले हराएको हो । समूह ‘ई’ अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुललाई कीर्तिमानी जित दिलाउन रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरे ।

यस्तै फिलिप कोन्टिन्हो, अलेक्सान्डर अ्रनोल्ड र ओक्सलेड–चेम्बर्लेनले एक एक गोल गरे । योसँगै लिभरपुल युरोपियन कपको इतिहासमा अवे मैदानमा ठूलो गोल अन्तरको जित निकाल्ने पहिलो इंग्लिस टिम बनेको छ ।

यसअघि यो कीर्तिमान लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडको नाममा थियो । लिड्स युनाइटेडले सन् १९६९ को अक्टोबरमा नर्वेको क्लब लिनलाई ६–० ले हराएको थियो । यस्तै सन् १९५७ को सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडले आइरिस क्लब शाम्रोक रोवर्सलाई ६–० ले अवे मैदानमा रहाएको थियो ।

कीर्तिमानी जितपछि लिभरपुल तीन खेलबाट पाँच अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यहि समूहको अर्को खेलमा स्पेनिस क्लब सेभिल्ला रुसी क्लब स्पार्टक मस्कोसँग ५–१ ले पराजित भयो । मस्कोको पनि समान पाँच अंक नै भएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्