Logo

देउवाजीले ब्याटिङमा शतक हान्लान जस्तो छ, मन्त्रीमण्डल ब्रोइलरको बथान जस्तो छ (अरु पनि पढ्नुस)



१ कात्तिक, काठमाण्डौ । देउसी भैलोमा भनिएको थियो,

देउवाजीले ब्याटिङमा शतक हान्लान जस्तो छ, मन्त्रीमण्डल ब्रोइलरको बथान जस्तो छ ।
बिबिसीमा देउवाजीले झण्डै जनता पिट्नुभो, पत्रकारले प्रश्न सोध्दा दारा किट्नुभो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै सिस्नोपानी नेपालले बुधबार खेलेको भैलोमा प्रयोग गरिएको वाक्याशं हो यो ।

देउवाको दिल्ली भ्रमणप्रति लक्षित भैलो, मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हे¥या हे¥यै भो, देउवाजिको कालो बोको छे¥या छे¥यै भो ।

सिस्नुपानी नेपालले काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई लक्षित गरी व्यङ्ग्य गरेको थियो । भनिएको थियो,

काठमाण्डौका खाल्डे सडक सबै सम्म पारेछन, मेट्रो पनि चलेछ, मोनो रेल नि गुडेछ ।

निर्वाचन आयोगले आचारसंहिता पालना गराउन नसकेको विषयलाई पनि व्यङ्ग्य गरिएको छ ।

संवैधानिक आयोग हो कि रुन्चे लाग्या बालक, अलिकति लाज मान देशका चालक ।

भ्रष्टाचार र अख्तियार दुरुपयोग अनुसन्धानको अवस्था यसरी चित्रित गरिएको थियो,

अख्तियार भन्ने राज्य थ्यो, लोकमान भन्ने राजा थे, अहिले त अख्तियार खै कुन्नी, बन्दुकै पड्केद नि नसुन्नी । आदि आदि ।

गोपाल खड्का यसरी परे निशानामा,

हामी त्यसै आएनौँ, गोपाल सरले खटाए, तेल भण्डारण गर्ने जमिन खोज्न पठाए ।

दरबारमार्ग काण्डको व्यङ्ग्य गर्दै भनिएको थियो,
तिहारको किनमेल गरौँ दरमार्ग बजारमा
१७ सयको जुत्तालाई २४ हजारमा

माओवादी केन्द्रप्रति लक्षित प्यारोडी यस्तो थियो,
गमी हुँदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर

सिस्नोपानीले बाबुराम भट्टराईलाई पनि छोडेन,
बाबुरामको नयाँ पसल बर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घर न घाट भो

सिस्नुपानी नेपालले हरेक वर्ष तिहारका अवसरमा व्यङ्ग्यात्मक शैलीमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।
स वर्षको देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरु कलाकारको प्रहारमा परेका छन् । त्यसैगरी आयल निगमका गोपाल खड्कादेखि मेडिकल माफिया र अख्तियारका प्रमुखसम्मलाई व्यंग्य गरिएको छ ।

कलाकारहरुको संगठन सिस्नोपानी नेपालले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार व्यंग्यात्मक देउसी कार्यक्रम आयोजना गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot