Logo

यस्तो छ लक्ष्मीपूजाको महिमा



-शारदा उपाध्याय
सम्पूर्ण नेपालीहरु उमकार परिवारभित्र छौँ । सनातनदेखि चलिआएको वैदिक धर्म, परम्परा, संस्कृति र चाडपर्वहरु हाम्रा लागि महत्वपूर्ण छ । हाम्रा सम्पूर्ण सनातनीय वैदिक धर्म अनुसार आजको लक्ष्मीपूजाले श्रद्धापूवर्पक लक्ष्मीको आव्हान गर्न प्रेरित गर्दछ । धनधान्यले परिपूर्ण हौँ भन्ने सन्देश लक्ष्मीपूजाले दिन्छ ।
लक्ष्मीको पूजा गरिसकेपछि हामीले सबैभन्दा पहिले शान्ति पाउँछौँ । एकदिन भए पनि हामीले उपवास बसेर लक्ष्मीको श्रद्धा गर्छैँ । एकैछिन भए पनि धनधान्यले परिपूर्ण भएको अनुभूति गर्दछौँ ।

लक्ष्मीपूजाको महत्व हिन्दु धर्म मान्ने सबै मानिसमा हुने गरेको छ । नेपालमा भन्दा पनि विभिन्न देशहरुमा पनि आजको पर्वलाई धुमधामसँग मनाउने गर्दछ । पटका पटकाएर हर्षोल्लासका साथ सम्पन्न गर्ने गर्दछन् ।
लक्ष्मीको पूजा गरेपछि धन प्राप्त हुन्छ भन्ने विश्वास आंशिक रुपमा सत्य हो । जहाँ शान्ती प्राप्त हुन्छ, त्यहाँ भक्ति पनि हुन्छ र धन प्राप्ती पनि हुन्छ ।
यो पर्वले हामीलाई एकतामा आवद्ध गराउँछ । श्रद्धापूर्वक सरसफाई गराउँछ । घरमा भएका सबै चिजवस्तुको सरसफाई गर्न प्रेरित गर्दछ । अत्यन्त प्रफुल्ल भएर आफन्तजनसँग मिल्छौँ । मंगलमय शुभकामना आदानप्रदान गर्दछौँ ।

देउसी भनेको शीर हो । “शीर त दिनुस् भगवान, म तपाईलाई स्पर्श गर्छु ।” देउसीको महत्व यसरी झल्किन्छ । जहाँ भगवान बस्नुहुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ । र आफ्ना भक्तहरुलाई धनधान्यले परिपूर्ण बनाउनुहुन्छ ।
तर कसैलाई दुःख दिएर प्राप्त गरेको धन भगवानले दिएको होइन । त्यो कालो धन हो । त्यो धनलाई लक्ष्मीले कहिलै पनि धन मान्नुहुन्न र स्विकार पनि गर्नुहुन्न ।



प्रतिक्रिया दिनुहोस्

Screenshot