Logo

लोकतान्त्रिक गठबन्धन निर्माणमा नेपाली कांग्रेसले ढिलासुस्ती गरेको पशुपतिशमशेर राणाको आरोप



२ कात्तिक, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेसको ढिलासुस्ती गर्ने पुरानो बानी भएकाले लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै राणाले कांग्रेसकै ढिलासुस्तीका कारण लोकतान्त्रिक गठबन्धन निर्माण प्रभावित भएको आरोप लगाउँदै कांग्रेसले छिटो भागबण्डा गर्नुपर्ने बताए ।

कुन दललाई कति सिट दिने भन्ने कुराको टुङ्गो छिटै लगाउनुपर्ने उनको भनाई छ ।
मुलुक बाम र लोकतान्त्रिक २ धुव्रमा बाढिदा लोकतान्त्रिक पद्धतिलाई सुरक्षित गर्ने राणाको तर्क छ । धु्रविकरणले जनताको हक अधिकार स्थापित हुनेसमेत राणाको भनाई छ ।
सम्पूर्ण प्रजातान्त्रिक आस्था राख्ने जनताहरुले लोकतान्त्रिक शक्तिलाई उच्च साथ दिन आग्रह राणाले आग्रह गरेका छन् ।

बहुदलीय व्यवस्था आएको तीन वर्ष भए पनि राजनीतिक निकास हुन नसकेको राणाको तर्क छ । “अब राजनीतिक तहमा उचित निकास हुनु जरुरी छ ।” राणाले भने ।
रिपोर्टस क्लब नेपालको अभियान, केन्द्र र प्रदेशका स्वतन्त्र निर्वाचन नारासहित रिपोर्टस क्लबले देउसी भैलो कार्यक्रम गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot