Logo

लक्ष्मीपूजा अर्थात गाईको पूजा गर्ने दिन (फोटो फिचर)



२ कात्तिक, काठमाण्डौ । कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।

यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्नि्हित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।

गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ ।

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने हाम्रो संस्कार छ । गाईलाई पशुधनका रूपमा पनि लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot