Logo

भाइटिकाका लागि मालाको व्यापार बढ्यो (फोटो फिचर)



२ कात्तिक, काठमाण्डौ । तिहार सुरुभएसँगै बजारमा फूलकोे कारोवार ह्वात्रै बढेको छ । व्यवसायीक रुपमा फूलको उत्पादन गर्ने नर्सरी र फूल पसलमा सर्वसाधारणको भीड बाक्लिन थालेको हो ।

 

 

गाउँघरमा तिहारका लागि आफ्नै घर आँगनमा फूल उपलव्ध हुने गरेको भएपनि शहरी क्षेत्रमा व्यवसायीक रुपमानै खरिद बिक्रि हुने गरेको छ । वढ्दो जनघनत्वका कारण ठूला शहरमा फूल मालाको व्यापार समेत पछिल्लो बर्ष बढ्दै गएको छ ।

 

अन्य समयभन्दा तिहारमा माग बढी हुने गरेकाले स्वदेशी उत्पादनले मात्र पुग्दैन । सोही कारण हरेक बर्ष विदेशवाट समेत ठूलो मात्रामा माला र फूल आयात हुने गरेको छ ।

तिहारको वेला राजधानी लगायत मुलुकका प्रमुख शहरहरुमा फूलको बढी मात्रामा कारोवार हुने गरेको छ ।

 

फूलमा नेपाल आत्मनिर्भर हुदै गएपनि अझै ठूला शहरको माग धान्न भने सकिरहेको छैन । हरेक बर्ष माग अनुसार उत्पादन नहुने भएकाले पनि भारतवाट लाखौ रुपैयाँको माला र फूल आयात हुने गरेको छ । नेपाली बजारमा तिहारको समयमा मात्र करिव ७ करोड रुपैयाँको फूलको कारोवार हुने गरेको छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यो बर्ष ७ करोड ५० लाख भन्दावढी मुल्यको कारोवार हुने अनुमान छ । त्यसमध्ये ७० लाख बरावरको माला भारतवाट आयात हुने छ ।

नेपालमा पछिल्ला बर्ष व्यवसायीक फूल व्यवसायी समेत बढ्दै गएको एसोसिएसनले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot