Logo

दिपकुमार उपाध्याय भारत छोडेर आज नेपाल आउँदै, चुनावी कार्यक्रममा होमिने तयारी



कात्तिक ३, काठमाण्डौ । भारतका लागि नेपालका राजदुत पदबाट राजिनामा दिएका दिपकुमार उपाध्याय चुनावी तयारीका लागि आज नेपाल आउँदैछन् । मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सबाट राजधानी उत्रिने जानकारी प्राप्त भएको छ । आगामी केन्द्रिय चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका उपाध्याय चुनावकै लागि राजदुत पदबाट राजिनामा दिएका थिए ।

राजदुतबाट राजिनामा दिएका दिपकुमार उपाध्याय कपिलवस्तु जिल्लाबाट प्रतिनिधि सभा क्षेत्र न. १ को लागि सिफारिस भएका छन् ।
चुनावलाई लक्षित गरी उपाध्याय आज भारतबाट विदावारी भएर नेपाल फर्किन लागेका हुन् ।
उपाध्यायले आफू अब राजनीतिमै सक्रिय हुने बताएका छन् । नेपाल आएलगत्तै कार्यकर्ता भेटघाटका लागि कपिलवस्तु जाने उपाध्यायले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot