Logo

क्याटलोनियाको संवैधानिक निकास आउनेमा मर्केल आशावादी



ब्रसेल्स, ३ कात्तिक । जर्मनीले क्याटलोनियाको राजनैतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकाश निकाल्नुपर्नेमा जोड दिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार ब्रसेल्समा स ञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो, “स्पेनले क्याटलोनियाको राजनैतिक सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ र समस्याको सहज समाधान निकाल्नेछ ।”

“मलाई विश्वास छ स्पेनी संविधान अन्तर्गत नै समस्याको समाधान निकाल्न सकिन्छ ।” जर्मन चान्सलरले भन्नुभयो, “हामीले स्पेनी सरकारको अडानलाई समर्थन गर्छौँ र यो नै सवै विश्व समुदायका सवै पक्षले चाहेको समाधान हो । ”  (रासस/सिन्ह्वा) :



प्रतिक्रिया दिनुहोस्

Screenshot